ताजा समाचार

सुत्केरी र शिशुको मृत्यु भएपछि पोखराको मणिपाल अस्पताल तनावग्रस्त

पोखरा, २४ जेठ । पोखराको मणिपाल शिक्षण अस्पत्तालमा सुतकेरी र शिशुको मृत्यु भएपछि आफन्तहरु आन्दोलित बनेका छन् । फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकको लापर्वाहीले सुत्केरी र शिशुको ज्यान गएको आरोप लगाउँदै आफन्त आन्दोलित बनेका छन् । सुत्केरी गराउँदा चिकित्सकको लापर्वाहीले धादिङ त्रिपुरा ६ घर भई पोखरा नयाँबजार बस्दै आएकी ३५ वर्षीया शान्ता भण्डारी र उनको नवजात शिशुको ज्यान गएको आफन्तले आरोप लगाएका हुन् ।

मृतकका आफन्तका अनुसार भण्डारी मंगलबार दिउँसो साढे १० बजे मणिपाल शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् । हिँडेरै अस्पताल गएकी उनले बुधबार विहान सवा २ बजे मृत पुरुष शिशुलाई जन्म दिइन् । त्यतिञ्जेलसम्म अस्पतालले आमा र शिशुलाई खतरा भएको बताएका थिएनन् । नर्मल डेलिभरी भएकी शान्ताले मृत शिशु जन्माएको भन्दै अस्पतालले शिशुलाई तत्कालै मृत घोषणा गर्‍यो ।
शिशु जन्मेको करीब ३ घण्टा पछि अर्थात विहान ५ बजे चिकित्सकले आमा शान्तालाई पनि मृत घोषणा गरेपछि भने उनका आफन्त आक्रोशित भएका हुन् । नर्मल डेलिभरी भएकी उनलाई चिकित्सकले खतरा भएको वा स्वास्थ्यमा समस्या आएको बारेमा केही जानकारी नदिई एकैपटक मृत घोषणा गरेको आफन्तको आरोप छ ।

सुत्केरी आमा र उनको नवजात शिशुको मृत्युमा चिकित्सकको लापर्वाही जिम्मेवार रहेको भन्दै आफन्तले विहानैदेखि अस्पताल प्रशासनमा धर्ना दिँदै उनीहरुले सत्यतथ्य पत्ता लगाएर दोषी चिकित्सकमाथी कार्वाही गर्न माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org