ताजा समाचार

भारतीय मिडियाले ‘देउवालाई भारत समर्थक प्रधानमन्त्री भनेपछि

काठमाडौं, २४ जेठ । नेपालका ४० औं प्रधानमन्त्रीमा निर्वाचित शेरबहादुर देउवालाई भारतीय मिडियाले भारत समर्थक भनेका छन् । मंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएका देउवालाई भारतीय मुलधारका मिडियाले भारत समर्थक प्रधानमन्त्री भनेका हुन् ।

भारतीय दैनिक पत्रिकाहरुको बुधबारको अंकमा देउवालाई भारत समर्थक प्रधानमन्त्री भनी चित्रण गरिएको छ । उनको भारतसँग सुमधुर सम्बन्ध रहेको उल्लेख गरिएको छ । बुधबार प्रकाशित अमर उजाला दैनिकले चौथी बार नेपाल के पीएम बने भारत समर्थक देउवा (चौंथो पटक नेपालको प्रधानमन्त्री बने भारत समर्थक देउवा) शीर्षकमा समाचार छापेको छ ।

देउवाको भारतसँग सुमधर सम्बन्ध रहेको भन्दै पत्रिकामा देउवा नेतृत्वको सरकारमा मधेशी दल पनि सरकारमा सामेल हुने बताइएको छ । यसैगरी, देउवा मधेशी समस्यालाई वार्ताबाट सुल्झाउने पक्षको भनी व्याख्या गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org