ताजा समाचार

नवनिर्वाचित प्रधानमन्त्री देउवाले सपथ ग्रहण गरे

काठमाडौं, ४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरेका छन् ।

मंगलबार भएको निर्वाचनबाट देउवा नेपालको ४० औं प्रधानमन्त्रीका निर्वाचित भएका थिए । व्यवस्थापिका संसदमा मंगलबार भएको चुनावमा ३ सय ८८ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री बनेका थिए । मतदानमा उपस्थित ५ सय ५८ जना सांसदमध्ये देउवाको पक्षमा ३ सय ८८ जना र विपक्षमा १ सय ७० जना सांसद थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org