ताजा समाचार

सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा र ओलीले एकता देखाउन हात माथि उठाए

काठमाडौं, २४ जेठ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । मंगलबार व्यवस्थापिका संसदले कांग्रेस सभापति देउवा प्रधानमन्त्री निर्वाचित गरेपछि बधाई दिनु अघि नै ओली बाहिरिएका थिए । तर, बुधबार पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ ग्रहण समारोहमा उपस्थित भएर देउवालाई बधाई दिएका हुन् ।

जब देउवाको सपथ ग्रहण सकियो, प्रमुख विपक्षी दलका नेता ओली बधाई दिन अघि बढे । त्यसक्रममा हात मिलाए लगतै देउवाले ओलीको हात समातेर माथि उठाए ।

दुबैले क्यामेरातिर हेरेर पोज पनि दिए, जसले राष्ट्रपति भवन शीतल निवासको प्रांगणमा रहेका सबैको ध्यान तान्यो । दुई नेताले केहीबेर हातमा हात मिलाएर एकताको सन्देश दिए ।

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि बधाई समेत नदिएर संसद भवनबाट बाहिर भन्ने समाचार भाइरल भएपछि ओलीले सपथ ग्रहण कार्यक्रममा पुगेर बधाई दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org