ताजा समाचार

प्रहरीले पक्राउ गर्न खोज्दा कालीगण्डकीमा हाम फालेका युवकको खोजी माग गर्दै बागलुङ बन्द

बागलुङ, २५ जेठ । प्रहरी जाँचपछि पक्राउ गर्न खोज्ने क्रममा कालगण्डकी नदीमा हाम फालेका युवकको उद्धार तथा खोजीको माग गर्दै स्थानिय आन्दोलित भएका छन् । बागलुङको मालढुङ्गामा प्रहरी चेकपोष्टमा जाँचपछि प्रहरीले पक्राउ गर्न खोज्ने क्रममा कालीगण्डकी नदीमा हाम फालेर बागलुङको काठेखोला गाउँपालिका–८ कादेशका १८ वर्षका सुनिल पुन बेपत्ता भएका छन् । उनको उद्धार तथा खोजीमा प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै आफन्त आन्दोलित भएका हुन् ।

पोखराबाट बागलुङ तर्फ ट्याक्सीमा आउँदै गरेका पुन मंगलबार बेलुका नदीमा हाम फालेर बेपत्ता भएका थिए । घटनाको बिरोधमा बुधबार बागलुङ बन्द आव्हान गरिएको छ । आकस्मिक रुपमा बन्द आव्हान गरिएपछि बजार पसल बन्द हुन थालेका छन् भने बिभिन्न स्थानमा जाने र बजार भित्रिने सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । उनीहरुले बुधबार पनि दिउँसो १ बजेदेखि बागलुङ–पर्वत सडक खण्ड अवरुद्ध गरेका थिए ।

प्रहरीले मालढुङ्गा चेकपोष्टमा पुग्दै गर्दा लागुपदार्थ दुव्र्यसनीमा संलग्न भएको आंशकामा सोधपुछ गर्न थाले पछि पुन ट्याक्सीबाट निक्लेर भागेका थिए । भाग्ने क्रममा प्रहरी र म्यादी प्रहरीले पछ्याएपछि आत्तिएर नदीमा हाम फालेका पुनको निरन्तर खोजी गरिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org