ताजा समाचार

माओवादी मन्त्री छनोटमा नारायणकाजीको असन्तुष्टि जनाउँदै राती यस्तो लेखे

काठमाडौं, २५ जेठ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मन्त्री छनोटमा असन्तुष्टि जनाएका छन् । मंगलबार कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा तीन मन्त्री गएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन् । पार्टीका विभिन्न निर्णयहरुमा असन्तुष्टि सार्वजनिक गर्दै आएका प्रकाशले सोहि श्रृङ्खलालाई दोहोर्याउँदै सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो आक्रोश बाहिर ल्याएका हुन् ।

उनले पार्टीले राजनीतिलाई सत्ताको फोहारी खेल बनाएको आरोप लगाउँदै बलिदान र परिवर्तनको कुनै अर्थ नरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘राजनीतिलाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिबर्तनको के अर्थ ? अनि हामी राजनीतिमा रहिरहनु को पनि के अर्थ रहन्छ र ? बदलौ। माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दशन शर्मा र प्रभू शाहलाई पठाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org