ताजा समाचार

हाइप्रोफाइल सेक्स र्‍याकेटः पक्राउ पर्नेमा बलिउड निर्देशककी छोरीदेखि विधुवासम्म

काठमाडौं, २५ जेठ । मुम्बईको वासी इलाकामा एक हाइप्रोफाइल सेक्स र्‍याकेटको पर्दाफास भएको छ । वासी रेलवे स्टेशननजिकै एक भवनमा पुलिसले तीन महिला शकिला शेख, पुष्पलता र मार्गेटलाई पक्राउ गरेको छ । जसले १६, १९ र २५ वर्षका तीन महिलासँग देह व्यापार गराइरहेका थिए । यीमध्ये एक युवतीले आफूलाई बलिउडका एक निर्देशककी छोरी बताएकी छिन् ।

पुलिसले महिलाको चंगुलबाट जुन तीन महिलालाई मुक्त गराएका छन् तीमध्ये १६ वर्षकी किशोरी १० कक्षामा पढ्छिन् भने २५ वर्षकी युवती विधवा हुन् । यस्तै, १९ वर्षीयाले आफूलाई बलिउड निर्देशककी छोरी भएको र केही दिन अघि मात्र इन्गेजमेन्ट भएको बताएकी छिन् । १० कक्षामा पढ्ने किशोरीलाई विश्वास गर्ने हो भने उनलाई उनकै आमाले देह व्यापारमा धकेलेकी हुन् ।

पुलिसलाई प्राप्त जानकारी अनुसार ती तीन महिलाले फ्ल्याट भाडामा लिएकी थिइन् र दलालमार्फत ग्राहकको खोजी गर्दथे । केही दिन अघि पुलिसले यसबारे जानकारी पाएको थियो । त्यसपछि जालो बिछ्याएर महिलालाई पक्राउ गरियो र महिलालाई त्यहाँबाट मुक्त गरियो । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org