ताजा समाचार

मध्य रातमा बन्चरो प्रहार गरी छिमेकीको हत्या, घाँटि काटिएको थाहा नहुँदा धामी बोलाईयो

पाँचथर, २६ जेठ । पाँचथरमा बन्चरो प्रहार गरी एक जनाको हत्या गरिएको छ । फिदिम १ साब्राङका ६४ वर्षका भिमबहादुर केरुङको छिमेकीले बन्चरो प्रहार गरी हत्या गरेका हुन् । छिमेकी चन्द्र भनिने विनय नेम्बाङले घाँटिमा बन्चरो प्रहार गरी बिहीबार राति केरुङको हत्या गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

विनयले भिमबहादुरको घरमा सुतिरहेकी आफ्नी श्रीमतीलाई आफू चुरोट किन्न पसल जाने भन्दै राति १२ बजे बोलाएका थिए । चुरोट किन्न भनेर राति घरबाट निस्किएका विनयले भिमबहादुरको घाँटीमा बन्चरो प्रहार गरि हत्या गरेको पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका भिमबहादुर छटपटाएपछि मात्र उनकी श्रीमतीले थाहा पाएको र उठेर हेर्दा श्रीमानको मुखबाट रगत बगेको देखेपछि छोरालाई धामी बोलाएर झारफुक गर्न लगाउँदा मात्र केरुङको घाँटी काटिएको थाहा पाएका थिए । घाँटी काटिएको थाहा पाएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा अत्यधिक रगत बगेर भिमबहादुरको ज्यान गएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए ।

बन्चरो प्रहार गरेर विनय भिमबहादुरको घर छेउमा रहेको पसलमा गएर चुरोट माग्दै कराएका थिए । तर, पसल नखुलेपछि उनी फर्किएका र त्यतिनैखेर पसलवालाले छिमेकमा हो हल्ला सुनेपछि भिमबहादुरलाई बन्चरो प्रहार भएको खुलेको थियो । केरुङको घर छेउमा हत्या गर्न प्रयोग गरिएको बन्चरो र रगत लागेको टिसर्ट प्रहरीले फेला पारेको छ ।

घटनामा संलग्न विनयलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले हत्या गरेको स्वीकारे पनि हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए । रक्सी खाएर घरमा गएर विनयले आफ्नी श्रीमतीलाई कुटपिट गर्न थालेपछि पहिले पनि विनयकी श्रीमती छिमेकी भिमबहादुरको घरमा आएर सुत्ने गरेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org