ताजा समाचार

इजिप्टका आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय

काठमाडौं, २८ जेठ । इजिप्टका ८ जना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय तोकिएको छ । इजिप्टको अदालतले गैरकानुनी रुपमा विरोध कार्यक्रम गरी युवाहरुलाई दङ्गा मच्चाउन उत्तेजित गरेको अभियोगमा उनीहरुलाई दुई वर्षको जेल सजाय तोकेको हो ।

सन् २०१२ मा घोषणा गरिएको विरोध कार्यक्रममा सहभागी फुटबल प्रशंसक सुरक्षाकर्मीबीचको झडपमा ७२ जनाको ज्यान गएको र इजिप्टको पहिलो दर्जाको फुटबल समूहका समर्थक दिर्घाका केही युवाका कारण सो दुःखद घटना भएको इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई यही वर्षको फेब्रुअरीमा पक्राउ गरिएको थियो । सोही दङ्गासँग जोडिएको मुद्दामा यस पहिले १० जनालाई मृत्युदण्ड दिइएको थियो भने दर्जनौँ फुटबल प्रशंसकलाई १० देखि १५ वर्षको जेल सजाय तोकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org