ताजा समाचार

भरतपुर महानगर मत गणना विवादः सर्वोच्चमा आज सुनुवाई, फैसला पनि आजै आउने

काठमाडौं, २८ जेठ । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि १९ नम्बर वडामा फेरि मतदान गर्ने भनि निर्वाचन आयोगले गरेको निर्णय बदर गर्न माग गर्दै परेको रिटमा आज सुनुवाई हुन लागेको हो ।

सर्वोच्चले यसअघि आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले आजलाई विपक्षी र रिट दायर गर्ने दुवै पक्षलाई बोलाएर मात्रै अन्तिम फैसला गर्नेछ । आयोगको निर्णय विरुद्ध भरतपुर १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार रहेका गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले गएको आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

आयोगले फेरि मतदान गर्ने निर्णय गरेपनि मिति भने तोकेको छैन । राजनीतिक दलहरु भने फेरी चुनाव हुने भन्दै चुनावी प्रचारप्रसारलाई तीब्रता दिईरहेका छन् । उनीहरुले वडा नम्बर १९ मा आफ्नो जित सुनिश्चत गर्न चुनावी प्रचार प्रसार अभियानलाई तीब्रता दिईरहेका हुन् ।

भरतपुर महानगरको मेयरको भाग्य निर्धारण गर्ने वडा नम्बर १९ को मतलाई आफ्नो पक्षमा पार्न नेपाली काँग्रेस माओवादी गठबनधन र नेकपा एमालेले प्रचार प्रसारलाई तीब्रता दिईरहेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org