ताजा समाचार

सरकार र राजपाबीचको अन्तिम निर्णायक वार्ता जारी

काठमाडौं, २८ जेठ । सहमतिको अन्तिम प्रयासस्वरुप राजपा र सत्तारुढ दलहरुबीचको बैठक बसिरहेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा ल्याउने प्रयासस्वरुप सिहंदरबारमा अहिले बैठक बसिरहेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन् ।

यसअघि हिजो भएको वार्तामा राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो । तर, सत्तारुढ दलहरुले अस्वीकार गरेका थिए । राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतका राजनीतिक माग पुरा नभए चुनावमा नजाने बताएको छ ।

सरकार र सत्तारुढ दलहरुले भने संविधान संशोधन चुनावपछि गर्ने भन्दै निर्वाचनमा सहभागी हुन आह्वान गर्दै आएको छ । राजपाका नेताहरुले आजको वार्ता निर्णायक हुने बताएका छन् । यदि आज सहमति नजुटे दिउँसो बैठक बसेर आन्दोलन घोषणा गर्ने उनीहरुको तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org