ताजा समाचार

सन्यास लिन लागेका उसैन बोल्टले १०० मिटर दौड १०.०३ सेकेण्डमा जिते

काठमाडौं, २८ जेठ । कीर्तिमानी धावक उसैन बोल्टले जमैकामा भएको एक सय मिटर दौडको उपाधि जितेका छन् । जमैकाकै बोल्टले एक सय मिटरको दूरी १० दशमलव ०३ सेकेण्डमा पूरा गरेर पहिलो भएका हुन् । ८ वटा ओलम्पिक स्वर्ण पदक जितेका बोल्टको सम्मानमा भएको सेल्युट ए लेजेण्ड दौडमा बोल्ट नै पहिलो भएका हुन् ।

यो उनको खेल जीवनको अन्तिम दौड हो । बोल्ट एक सय मिटर दौडमा विश्वका कीर्तिमानधारी धावक हुन् । उनले सय मिटरको दूरी ९ दशमलव ५८ सेकेण्डमा पूरा गरेर कीर्तिमान कायम गरेका छन् । बोल्टले यो वर्ष सन्यास लिँदै छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org