ताजा समाचार

सवारी दुर्घटनामा परी साउदीमा बागलुङ बडीगाडका एक युवकको मृत्यु

बागलुङ, २९ जेठ । साउदी अरबमा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । अल सदावी कम्पनीमा रोजगारका लागि गएका बागलुङ बडीगाड गाउँपालिका वडा ७ का २५ वर्षीय भिम बहादुर केसीको ज्यान गएको हो । दुर्घटनामा परी एक बंगलादेशी नागरिकको समेत ज्यान गएको छ । दुर्घटनामा परी २ जना गम्भीर घाईते भएका छन ।

घाईते हुनेमा एक बङ्गाली र एक भारतीय नागरिक रहेका छन् । मुस्लिमहरुको रमजन पर्वका लागी हापड सिटीबाट सामान लिएर आउँदै गरेको गाडीलाई टे्लरले ठक्कर दिँदा २ जनाको घटना स्थलमै ज्यान गएको हो । ज्यान गुमाउने केसी विगत ४ बर्ष देखि रोजगारीका लागि साउदीमा लाईट गाडी चलाउदै आएका थिए ।मृतक केसीका श्रीमती र एक छोरी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org