ताजा समाचार

ओलीले भने– वर्तमान सरकारको आँखा विग्रिएको भए चश्मा किनिदिन्थ्ये तर दिमागै बिग्रियो

काठमाडौं, २९ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार आएपछि देशका विभिन्न स्थानमा रहेका युरेनियम प्रशोधन गरेर बेच्ने बताएका छन् । उनले एमाले सरकारले युरेनियम बेच्दा छिमेकी मुलुकहरुले चित्त दुखाउन नहुने बताए । सोमबार पार्टीबाट निर्वाचित प्रदेश नम्बर ३ का जनप्रतिनिधिहरुलाई बधाई दिन ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेकपा एमालेको सरकार बनाएपछि युरोनियम निकालेर बेच्छौं । छिमेकीले चित्त नदुखाए हुन्छ । चाहिएको भए आउ किनेर लैजाउ ।’

उनले अहिले कांग्रेस र माओवादी केन्द्र मिलेर एमालेलाई प्रतिपक्षमा राखेको भन्दै चुनावपछि दुई तिहाईका साथ सरकारमा जान एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जित्ने ठाउँहरुमा धाँधली भएको दाबी गर्दै ओलीले चितवनको भरतपुर पनि त्यसकै उदाहरण भएको बताए ।

उनले भने, ‘चाँगुनारायणमा दोहोर्याएर मतगणना गर्न हुने ललितपुरमा चाँहि दोहोर्याउ भन्दा नहुने ? भरतपुरमा हार्नेले २–४ मत च्यात्दा आयोगले केहि नदेख्ने तर कब्जा गरेको भन्ने ?’ वर्तमान सरकारको आँखा बिग्रिएको भए आफूले चस्मा किनिदिने तर बुद्धिनै बिग्रिएको भन्दै एक पछि अर्को गर्दै गलत कार्यहरु गर्दै गएको आरोप लगाए । सो क्रममा उनले जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org