ताजा समाचार

दुई महिनाभित्र हरेक स्थानीय तहमा बैंक स्थापना गर्न निर्देशन

काठमाडौं, २९ जेठ । संसदको विकास समितिले दुई महिनाभित्र हरेक स्थानीय तहमा बैंक स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।

विकास समितिको सोमबार बसेको बैठकले स्थानीय तहको कामकारवाहीलाई थप प्रभावकारी बनाउन तथा स्थानीय तहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न हरेक स्थानीय तहमा कम्तिमा एउटा बैंक स्थापना हुनु जरुरी रहेको निष्कर्ष निकालेको छ ।

समितिले आगामी २ महिनाभित्र बैंक स्थापना गर्न सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र वैंकलाई निर्देशन दिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org