काठमाडौंलाई बस्न लायक शहर बनाउन एनआरएनएले सहयोग गर्ने
काठमाडौं, ३० जेठ । काठमाडौंलाई बस्न लायक शहर बनाउन एनआरएनएले सघाउने भएको छ । राजधानी काठमाडौंलाई कसरी बस्नलायक शहर बनाउने भन्नेबारे गैरआवासीय नेपाली संघ र काठमाडौं महानगरपालिकाबीच भएको छलफलमा एनआरएनएले सघाउने प्रतिबद्धता जनाएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच भएको भेटमा काठमाडौंलाई विश्वका बस्नलायक सहरको सूचीमा पार्नेगरी काम गर्न संघ र महानगरपालिकाबीच सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो । सो अवसरमा अध्यक्ष घलेले काठमाडौंको वातावरण र पूर्वाधारको अहिलेको अवस्थामा सुधार गर्न गैरआवासीय नेपालीहरुले सीप र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्न सक्ने बताए ।
‘विश्वकै उत्कृष्ट बस्नलायक शहरमा सूचीकृत भएका ठाउँमा गैरआवासीय नेपालीहरु बसिरहेका छन्,’ अध्यक्ष घलेले भने, ‘ती शहरका अनुभव, सीप र प्रविधि काठमाडौंमा विस्तार गर्न सके काठमाडौंलाई पनि बस्नलायक बनाउन सकिन्छ, त्यसका लागि हामी गैरआवासीय नेपालीले सहयोग गर्न सक्छौं ।’
घलेले सिस्टर सिटीको सम्बन्ध कायम गर्ने अवधारणाअनुसार केही नमूना शहरसँग सहकार्य गरी सुधारका काम थाल्न सकिने सुझाव दिएका छन् । संघ र महानगरपालिकाबीच बेग्लै सम्झौता गरी यो कार्यलाई अगाडी बढाउन उनले प्रस्ताव गरे ।
नवनिर्वाचित मेयर शाक्यले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै गैरआवासीय नेपालीहरुबाट महानगरपालिकाले धेरै सिक्न सक्ने बताए । एनआरएनहरुले विदेशमा देखेका र भोगेका सुधारका उपाय तथा प्रविधि नेपालमा लागू गर्न सुझाव तथा सहयोग मिल्ने विश्वास आफूले राखेको उनले उक्त अवसरमा बताए ।
Comments
अरु समाचार
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...