ताजा समाचार

अब फेसबुकले क्यामेराबाट आफ्ना प्रयोगकर्ताको गोप्य निगरानी गर्ने

काठमाडौं, जेठ । फेसबुकले कम्प्युटरको वेबक्याम तथा स्मार्टफोनमा रहेको क्यामराको माध्यमबाट प्रयोगकर्ताहरुको गोप्य रुपमा निगरानी गर्ने योजना बनाएको छ । सोसल नेटवर्किंङ साइट फेसबुकले आफ्ना प्रयोगकर्ताको गतिविधि रेकर्ड गर्ने योजना बनाइरहेको हो ।

फेसबुकले दर्ता गराएको एक टेक्नोलोजी पेटेन्टका बारेमा हालै खुलासा भएको छ । जस अनुसार फेसबुक अब प्रविधिको माध्यमबाट प्रयोगकर्ताका प्रतिक्रिया तथा आनीबानीका विषयमा जानकारी हासिल गर्नेछ र सोही आधारमा प्रयोगकर्तालाई सामाग्रीहरु पस्किनेछ ।

फेसबुकमा देखिने कन्टेन्टहरुको बारेमा प्रयोगकर्ताले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुराको निगरानी गर्न वा रेकर्ड राख्ने काम उक्त प्रविधिले गर्नेछ । साथै फेसबुकमा लामो समयसम्म टिकाइराख्ने तस्वीरको समेत फेसबुकले विश्लेषण गर्नेछ । यसक्रममा क्यामेराबाट खिचेको प्रयोगकर्ताको मुखाकृतिको विश्लेषण गर्नेछ ।

अर्थात् यदि तपाइँले फेसबुकमा कसैले राखेको तस्वीर हेरेर मज्जा लिनुभयो र मुस्कुराउनुभयो भने तपाइँको त्यो अभिव्यक्तिको आधारमा फेसबुकले तपाइँको न्यूज फिडमा सोही व्यक्तिका अन्य तस्वीर पनि देखाइदिनेछ ।

तर यदि तपाइँले कुनै तस्वीर वा भिडियो हेरेर बेखुस भई तत्काल फेसबुकबाटै बाहिरिनुहुन्छ वा स्क्रिनबाट नजर हटाउनुहुन्छ भने फेसबुकले तपाइँको न्यूजफिडमा यस्तो खाले भिडियो तथा फोटोहरु देखाउन बन्द गर्नेछ । विज्ञापनको मामिलामा पनि यो लागू हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org