ताजा समाचार

नेपालगन्ज कारागारभित्रै जवरजस्ती करणी मुद्धामा रहेका कैदीद्वारा आत्महत्या

नेपालगञ्ज, १ असार । नेपालगन्जमा कारागारभित्रै एक कैदीले आत्महत्या गरेका छन् । कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका बाँके भवानियाँपुरका २७ वर्षीय अरविन्दकुमार बर्माले कारागार मै झुण्डिएर आत्महत्या गरेका हुन् । जबर्जस्ती जस्ती करणी मुद्दामा थुनामा रहेका बर्माले बिहीबार बिहान कारागारभित्रै झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बिहीबार सवा पाँच बजेतिर प्लाष्टिकको डोरीले पासो लगाइ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका इञ्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org