ताजा समाचार

बुद्ध एयरको विमान पार्किङ-वेमा राखिएको भर्‍याङमा ठोक्कियो

काठमाडौं, १ असार । बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ । पोखराबाट काठमाडौं आएको बुद्ध एयरको ९ एन एआईएन कल साइन विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाबाट जोगिएको हो । विमान पार्किङ वेमा राखिएको भर्‍याङमा ठोक्किएको हो ।

विमान पार्किङ गर्ने क्रममा विमान सफा गर्न राखिएको भर्‍याङमा ठोकिए पनि ठूलो क्षति हुन पाएन । तर, विमानको इन्धन ट्यांकीमा क्षति पुगेको विमानस्थल स्रोतले जनाएको छ ।

विमानको पँखेटाकै भागमा फ्युल ट्यांकी हुने भएकाले यरी ठोक्किँदा विमानमा आगो लाग्ने ठूलो सम्भावना हुन्थ्यो । तर, सौभाग्यबस आगो ननलागेकाले ठूलो दुर्घटना हुन नपाएको सोही विमानका यात्रुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org