खुला दिसामुक्त घोषणा गर्न भान्सा र सुत्ने कोठामै चर्पी, केही भन्दा हाकिम थर्काउने
सिरहा, २ असार । सिराहको सखुवानकारकट्टी गाउँपालिका–३ मिर्जापुरस्थित मुसहर बस्तीलाई खुला दिसामुक्त घोषणा गर्ने गाउँलेका भान्साकोठा र सुत्नेकोठामै चर्पीका प्यान जडान गरेर चर्पी बनेको रेकर्ड बनाइएको पाइएको छ । चर्पी बनाउन ठाउँ नभएका विपन्न समुदायको बस्तीमा भान्सा र सुत्ने कोठामै चर्पीको प्यान जडान गरिएको हो ।
खुला दिसामुक्त घोषणा गर्न बनाइएका त्यस्ता चर्पी प्रयोगविहीन छ । सुत्ने कोठा, भान्सा कोठामै चर्पी बनाइएपछि गाउँलोहरु साविक झैं झाडी र चौरमा दिसा–पिसाब गर्न जाने गर्छन् । खुला दिसामुक्त क्षेत्रको घोषणा कागजमै सीमित भएको छ ।
चौरमा दिसा गरे रोग फैलिन्छ भनेर हाकिमहरु आएर चुल्होमै जोडेरै चर्पी बनाइदिएको नरहाकी भुली सदायाले बताइन् । आफूहरुले केही बोले हाकिमहरुले हप्काएर बोल्नै नदिने उनले बताइन् । आजको नागरिक दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर...
-
चीनतर्फबाट सगरमाथा क्षेत्र प्रवेश अस्थायी रूपमा बन्द
काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द...
-
भूकम्प अपडेट: ९५ जनाको मृत्यु, १३० घाइते
काठमाडौं । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका...
-
भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति
काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८...
-
सुनकोसी नदीमा बाँध निर्माण सुस्त, अहिलेसम्म सात प्रतिशत मात्रै प्रगती
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ । पटेल–रमण जेभीले सुनकोसी नदीमा...
-
भूकम्प अपडेट: सोलुखुम्बुमा दुई घरमा क्षति
काठमाडौं । आज बिहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।...
-
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
काठमाडौं । यूरोपेली मुलुक जर्मनीमा विद्याुतीय कार बिक्रिमा २७.४ प्रतिशतले गिरावट आएको छ। गत वर्ष अर्थात सन् २०२४मा जर्मनीमा विद्युतीय...
-
बुढानिलकण्ठमा आगलागी हुँदा लाखौंको क्षति
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ गए राति आगलागी हुँदा...
-
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
काठमाडौं । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको...