ताजा समाचार

श्रीमतीको नाममा रहेको घर नबिक्दा राजपा नेता राजकिशोर यादव समस्यामा

काठमाडौं, २ असार राजपाका अध्यक्षमण्डलका अध्यक्षसमेत रहेका राजकिशोर यादवलाई चुनावको चटारोभन्दा अर्कै विषयमा चिन्ता बढिरहेको छ । अरू नेता चुनावको चटारोमा रहँदा राजकिशोरलाई भने घर बिक्री नहुँदा चिन्ता बढेको छ । निकटवर्तीसँग उनले गौरीघाटमा आफू बस्दै आएको घर डेराको भन्दै ढाँट्दै आएको भए पनि सो घर उनी सञ्चारमन्त्री भएपछि खरिद गरेका थिए ।

दुईतले उक्त घर अहिले उनलाई समस्याको जड हुनुको कारण हो त्यो घर उनको श्रीमतीको नाममा छ । घर मात्र होइन, गाडी पनि श्रीमतीको नाममा छ । जनआस्था साप्ताहिकका अनुसार कुनै समय श्रीमतीकै कारण जोगी झैं हिँड्ने यादव अझै पनि श्रीमतीप्रति पूर्णतः विश्वस्त छैनन् ।

उनीनिकट सूत्रका अनुसार श्रीमतीले छाडेर गएको खण्डमा पार्टी त सिद्धिन्छ नै आफ्नो सर्वश्व नै सकिन्छ । त्यही कारण यादव सकभर छिटो श्रीमतीको नाममा रहेको गौरीघाटको उक्त घर बेचेर नयाँ खरिद गर्न चाहन्छन् र सिफ्ट हुन खोजिरहेका छन् । तर, भन्नेबित्तिकै खोजेको स्थानमा घर नभेट्दा र आफ्नो घर नबिक्दा यादव तनावमा छन् ।

उनी अहिले सो घर बेचेर उपत्यकाभित्रै सकेसम्म भक्तपुरतिर गतिलो स्थानमा घर खोजिरहेका छन् । उनले धेरैसँग भनसुन पनि गरिसकेका हुन् । तर, कतैबाट तार लागेको छैन । न त श्रीमतीको नाममा भएको घर नै बिक्छ भनेजस्तो स्थानमा नभेटेका कारण छटपटीमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org