ताजा समाचार

प्रहरी सवार बसमा नै राजपा कार्यकर्ताको आक्रमण, ढुंगाुमुढा प्रहार हुँदा अगाडिको सिसा फुट्यो

सिरहा, २ असार । राजपा नेपालका कार्यकर्ताले प्रहरी सवार बसमा तोडफोड गरेका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा आन्दोलनरत राजपा नेपालका कार्यकर्ताहरूले नेपाल प्रहरी सवार एक बसमा तोडफोड गरेको हुन् ।

काठमाडौंबाट सुनसरीका लागि हिँडेका ना ५ ख १४४० नम्बर बस राजपाका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । बसमा ‘नेपाल प्रहरी’को ब्यानर समेत झुण्डाइएको थियो । राजपाका कार्यकर्ताहरूले बजार बन्द गराउँदै गरेको अबस्थामा उक्त बस त्यहाँ पुगेको थियो । त्यसपछि राजपाका कार्यकर्ताहरुले ढुंगामुडा गरेपछि बसको अगाडिको सिसा फुटेको छ ।

बस तोडफोडको आरोपमा प्रहरीले राजपा नेपालका एक कार्यकर्ता ललन झालाई पक्राउ गरेको छ । तोडफोडमा संलग्न अन्य ब्यक्तिको खोजी भईरहेको गोलबजार प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org