ताजा समाचार

किसानलाई जताबाट पनि समस्याः दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

वालिङ, २ असार । किसानले खेतबारीमा लगाएको बालीमा बाँदर र दुम्सीले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा किसानले लगाएको बालीमा बाँदर र दुम्सीले अन्नबाली नष्ट गरेपछि किसानलाई सास्ती भएको छ । “अहिले खेतबारीमा मकै तथा तरकारी लगाएका छौँ, पहिला मकै पाक्ने बेलामा बाँदरको हुल आउँथ्यो, यसपालि त मकै छरेदेखि नै हैरानी बनाएको छ” स्थानीय कृषक यमलाल पाण्डेले भन्नुभयो, “दिउँसो बाँदर र रातमा दुम्सीले मकै तथा तरकारीबाली नष्ट गरिदिएको छ, हामी निक्कै समस्यामा छौँ ।”

प्रत्येक घरबाट एक/एक जनाको पालो लगाएर दैनिक खेतबारीमा बाली कुर्न जानुपर्ने बाध्यता रहेको छ । दिउँसोमा बाँदर कुरेपनि रातको समयमा फेरि दुम्सीले बालीनाली सखाप पार्ने गरेको स्थानीय कृषकको गुनासो रहेको छ ।

“खेतीबाली लगाएर खान पाइँदैन भने किन लगाउनमात्रै दुःख गर्नुपर्‍यो”, पाण्डेले भन्नुभयो, “आगामी वर्षदेखि कि त बाँझै राख्नुपर्ने बाध्यता हुने भो कि त बाँदर र दुम्सीले नखाने खालका बालीहरु लगाउने सोच बनाएका छौँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org