ताजा समाचार

चक्रपथभित्र मोटरसाइकल चलाउन प्रतिबन्धको तयारीप्रति एमाले नेता अधिकारीको विरोध

काठमाडौं, २ असार । एमाले सांसद रवीन्द्र अधिकारीले चक्रपथभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउने सरकारको तयारीको विपक्षमा उभिएका छन् । संसदको विकास समितिका सभापति समेत रहेका अधिकारीले हचुवाको भरमा बोलेर गन्जागोल पारेर छाड्ने काम नगर्न यातायात व्यवस्था विभागलाई आग्रह गरेका छन् । सरकारको तयारीबारे समाचार बाहिर आएपछि अधिकारीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हसन् ।

Rabindra-adhikari1अधिकारीले भनेका छन् – ‘यातायात व्यवस्था विभागले पहिला के काम गर्ने, के नगर्ने प्राथमिकता छुट्याओस्, हचुवाको भरमा बोल्ने गञ्जागोल पारेर छाड्ने !’ साना सवारी साधनका कारण काठमाडौँको सडक व्यवस्थापनमा कठिनाइ भएको भन्दै सरकारले चक्रपथभित्र मोटरसाइकल चलाउन रोक लगाउने तयारी थालेको छ । मोटरसाइकल प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र शुलभ बनाइने यातायात विभागले जनाएको छ ।

मोटरसाइकल प्रतिबन्ध लगाउने बारेमा सरोकारवाला निकायसँग छलफल भईरहेको छ । सबैपक्षसँग छलफल तथा आवश्यक तयारी गरेर चक्रपथभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाईने विभागले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org