ताजा समाचार

छोरी पहिलो पटक महिनावारी हुँदा बधाई दिने पहिलो आमा !

काठमाडौं, २ असार । हाम्रो समाजमा ‘महिनावारी’ लाई अझै पनि अन्धविश्वासका रुपमा लिईन्छ । त्यो पनि विशेषगरी पश्चिम क्षेत्रको पहाडी जिल्लाहरुमा महिनावारी हुँदा बार्ने चलन यथावत छ । आफ्ना छोरी चेली महिनावारी हुँदा घरभन्दा टाढा राख्ने वा अरु कुनै पनि पुरुषहरुले नदेख्ने गरी लुकाउने चलन छ । अर्को कुरा महिनावारी हुँदाका बखत अरुलाई छुनु हुन्न भन्ने मान्यता पनि हाम्रै समाज देख्न पाईन्छ ।

त्यत्तिसम्म मात्रै हो र कुनै कुनै क्षेत्रमा महिनावारी भएका बेला बस्नलाई भनेर छुट्टै छाउपडी गोठ नै बनाईन्छन् । हाम्रो समाजमा अझै पनि महिनावारी भनेको महिलाको प्राकृतिक प्रजजन प्रक्रिया हो भन्ने कुरा जानकारी नभए वा जानेर पनि बुझ पचाएको यो कुरा बुझ्न सकिएको छैन् । यसविषयमा रोचक कुरा त के छ भने महिनावारीका विषयमा स्वयम महिलाहरु नै अन्धविश्वासमा रोमलिन्छन् ।

यी सवै कुरालाई तिरस्कार गर्दै यस्ता पनि आमाहरु छन् । जो महिनावारीलाई सामान्य लिन्छन् । यस्तैको भिडमा एक आमा राधिका सापकोटाले आफ्नी छोरी पहिलो पटक महिनावारी हुँदा सार्वजनिक रुपमै बधाई दिएकी छन् ।

Radhika sapkotaउनी अहिले सम्म हाम्रो समाजकी यस्ती नमुना आमा बनेकी छन्, आफ्नो छोरी पहिलो पटक महिनावारी हुँदा खुशी व्यक्त गर्दै त्यो आफ्नो खुशी सबैसँग साटेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत छोरीलाई बधाई दिएकी छन् ।

उनले छोरीलाई बधाई दिँन्दै भनेकी छन्, ‘बधाई छ छोरी तिमीलाई, आज तिमी पहिलो पटक महिनावारी भएकी छौ । आजदेखि तिमी महिलाहरूको सबैभन्दा ठूलो शक्ति प्रजनन्का लागि सक्षम भएकी छौ । आज तिम्रो यौनाङ्गबाट बगेको रगत तिमिले गरेको कुनै पाप होइन, शक्ति हो । त्यसैले यसमा गर्व गर ।’ हो हाम्रो समाजलाई महिनावारीका विषयमा उत्पन्न अन्धविश्वास जरैदेखि हटाउन यस्तै आमाहरुको खाँचो छ । यस्तै महिलाहरुको खाँचो छ, जसले समाज बदल्न आफैबाट तथा आफ्नै घरबाट सुरुवात गर्दछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org