ताजा समाचार

पक्राउ परेका पत्रकारद्धय भण्डारी र भट्टको रिहाको माग गर्दै कञ्चनपुरका पत्रकार आन्दोलनमा

कञ्चनपुर, ४ असार । पक्राउ परेका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई रिहाको माग गर्दै कञ्चनपुरका पत्रकारहरुले आन्दोलन सुरु गरेका छन् । समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेका पत्रकार भण्डारी र भट्टलाई ससम्मान रिहा तथा उनीहरुबिरुद्ध लगाईएका झुठा मुद्धा फिर्ताको माग गर्दै कञ्चनपुरका पत्रकारहरुले आन्दोलन सुरु गरेका हुन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पत्रकारहरुले आज बिहानबाट धर्ना सुरु गरेका हुन् । पत्रकारहरुले कार्यालय समय सुरु हुनुअघि नै सिडियो कार्यालयको मुख्य ढोकामा धर्ना दिइरहेका छन् ।

पत्रकार भण्डारी र भट्टलाई रिहा नगरेसम्म आन्दोलन जारी रहने नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक एवं केन्द्रीय सदस्य प्रकाशविक्रम शाहले जानकारी दिए । उनका अनुसार पत्रकारहरु आज स्थानीय तहको दोस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयनको रिपोर्टिङ छाडेर धर्नामा बसेका हुन् ।

मानसखण्ड दैनिकका सम्पादक एवं प्रकाशक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई प्रहरीले शनिबार नाटकीय रुपमा पक्राउ गरेको थियो । आफूले अनाहकमा पक्राउ गरेका दुई युवतीको बारेमा समाचार सार्वजनिक गरिदिएपछि कञ्चनपुरका एसपी प्रकाशबहादुर चन्दको निर्देशनमा पत्रकारहरु भण्डारी र भट्टलाई पक्राउ गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org