ताजा समाचार

देउवा सरकारप्रति राजेन्द्र महतो आक्रोशितः यो देशले अब ठूलो मूल्य चुकाउनु पर्छ

भैरहवा, ४ असार । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले यो देशले अब ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारका क्रियाकलापमाथि गम्भिर आरोप लगाउँदै महतोले अब देश भयानक दुर्घटनामा जाने बताए । उनले मधेसीलाई लत्याएको खण्डमा त्यसको ठूलो मूल्य देशले चुकाउनु पर्ने चेतावनी दिए ।

भैरहवामा आइतबार बिहान संचारकर्मीहरूसँग कुरा गर्दै महतोले भने, ‘अहिले देउवा सरकारले मधेसीको माग पूरा गरी चुनाव गराउनुको साटो मधेसभरि राजपाका नेता कार्यकर्तामाथि दमन गर्नुका साथै अमानवीय ब्यवहार गर्दै नियन्त्रणमा लिईरहेको छ ।’ देउवाले २०५२ सालमा माओवादीलाई लत्याए देशले ठूलो क्षति ब्यहोरेको भन्दै महताले मधेसीलाई लत्याए ठूलो गल्ती हुँने चेतावनी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org