ताजा समाचार

चुनाव बहिस्कार गरेको विप्लव माओवादीद्धारा रोल्पाको थवाङमा उम्मेदवारी दर्ता

रोल्पा, ४ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि चुनावमा भाग लिएको छ । चुनावको वहिस्कार गर्दै आईरहेको विप्लव पार्टीले रोल्पाको थवाङमा उम्मेदवारी दर्ता गराएको छ ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेकपाबाट भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा निर्वाचन आयोगमा दल दर्ता नभएकाले घर्तीको स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएको छ । उनी रोल्पाको उवा निवासी हुन् ।

स्वतन्त्र उम्मेदवार बनेका घर्ती साहस उपनामबाट चिनिने विप्लव समूहका स्थानीय नेताका छोरा हुन् । थवाङ माओवादीको उदगम थलो हो । विप्लव समूहले उवाको वडा अध्यक्षमा पनि उम्मेदवार उठाउने तयारी गरेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org