ताजा समाचार

प्रधानमन्त्री देउवालाई सरकारी निवास बालुवाटार सर्ने साइत आजलाई जुर्‍यो

काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुबाटार सर्ने भएका छन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवालाई बालुवाटार सर्न आजको साईत जुरेको छ । यसअघि बालुवाटारलाई मर्मत सम्भार तथा रङरोगन कार्य गरिएको छ ।

सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको छ । प्रधानमन्त्री देउवाका लागि सरकारी निवासमा कुनै नयाँ सामान खरिद गरिएको नगरिएको देउवा सचिवालयले जनाएको छ । पुरानै सामानबाट काम चलाउने भनेपछि सोहीअनुसार व्यवस्था गरिएको बताइएको छ । यसअघि नयाँ प्रधानमन्त्रीका लागि हरेक सरसामान नयाँ खरिद गर्ने प्रचलन थियो ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले पनि निजी निवासबाट सरकारी निवासमा बसाइ सर्ने उपयुक्त ‘साइत’ असार ५ गते दिउँसो जुराइदिएकाले सोही दिन बसाइ सर्ने मिति तय भएको पारिवारिक स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org