ताजा समाचार

दार्जिलिङको आन्दोलनप्रति नेपालमा पनि समर्थन, रत्नपार्कमा विशेष प्रदर्शन हुँदै

काठमाडौं, ५ असार । दार्जिलिङको आन्दोलनप्रति समर्थन गर्दै काठमाडौंमा विशेष प्रदर्शन गरिने भएको छ । दार्जिलिङमा नेपाली भाषी भारतीयले सुरु गरेको आन्दोलनको समर्थन र दमनको विरोधमा काठमाडौंमा विशेष प्रदर्शन हुन लागेको हो । रत्नपार्कस्थित शान्तिबाटिका दिउँसो दुई बजे ग्रेटर नेपालसहितका विभिन्न संघ संस्थाले दार्जिलिङका नेपाली भाषी भारतीयहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन कार्यक्रम गर्न लागिएको ग्रेटर नेपालका अध्यक्ष एवंम अभिन्यता फणिन्द्र नेपालले जानकारी दिए ।

उनले भने, ‘दार्जिलिङमा रहेका नेपाली भाषीको आन्दोलनमा चरम दमन भएको छ । त्यसलाई पश्चिम बंगाल सरकारले तत्काल रोक्नुपर्छ । नेपाली भाषी भारतीयहरूको माग पूरा गर्नुपर्छ ।’ दार्जिलिङमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषा स्कूलहरूमा अनिर्वाय गरेपछि नेपाली मुलका भारतीयहरूले गोर्खाल्याण्डको मागसहित आन्दोलन थालेका हुन् ।

आन्दोलनका क्रममा अहिलेसम्म भारतीय सेनाको गोली लागेर तीन जना नेपाली भाषी भारतीयको मृत्यु भइसकेको छ । एक जना सुरक्षाकर्मीको ज्यान गएको छ । आन्दोलन थप सशक्त बन्दै गएपछि आन्दोलनका मुख्य नेताहरु भूमिगत भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org