थाई राजा महा भाजिरालोङकर्नमाथि जर्मनीमा गोली प्रहार
काठमाडौं, ८ असार । थाइल्याण्डका राजा महा भाजिरालोङकर्नमाथि जर्मनीमा गोली प्रहार भएको छ । दुई केटाहरुले अँध्यारोमा थाई राजामाथि गोली प्रहार गरेपनि उनी सुरक्षित रहेको जर्मनीका अधिकारीहरुले बताएका छन् ।
आफ्नो धेरै समय जर्मनीमा नै बिताउने गरेका थाई राजामाथि गोली प्रहार म्युनिख विमानस्थल नजिकै साइकलमा यात्रा गरिरहेका बेला भएको थियो । अधिकारीहरुका अनुसार गत जुन १० मा १३ र १४ वर्ष उमेर समूहका केटाहरु अर्डिङमा रहेको उनीहरुको घरको झ्यालबाट एयर पिस्टल प्रयोग गरेर गोली प्रहार गरेका थिए ।
जर्मनीका अधिकारीहरुले थाई राजालाई गोली लागेको या नलागेको खुलाएका छैनन् । घटनामा कोही घाइते नभएको बताएका छन् । पिताको मृत्युपछि ६४ वर्षीय भाजिरालोङकर्नले गत वर्ष थाईल्याण्डको राजगद्दी सम्हालेका थिए । गोली प्रहार गर्ने दुई बालकमध्ये १४ वर्षीयमाथि अनुसन्धान भइरहेको बताइएको छ । १३ वर्षीय बालकमाथि भने जर्मन कानुनअनुसार अनुसन्धान गर्न उमेर पुग्दैन ।
Comments
अरु समाचार
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...
-
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका...
-
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै...