ताजा समाचार

सुकुम्बासी वस्तीमा माओवादीले नक्कली धनीपूर्जा बाँड्दै गर्दा प्रहरी पुग्यो

धरान, ९ असार । स्थानीय तहको चुनाव प्रचारका क्रममा शुक्रवार बिहान धरान उपमहानगरपालिका ५ को सुकुम्बासी वस्तीमा माओवादीका मेयर उम्मेदवार आइन्द्रविक्रम भेगा आफ्ना सहयोगीसाथ छिरे । तस्बिरमा देखाइएको नक्कली जग्गाधनी प्रमाण पूर्जा बोकेका माओवादी कार्यकर्ता सहित पुगेका उनले त्यहाँ छोटो कार्यक्रम नै गरे ।

वस्तीका हरेक सुकुम्बासीलाई लाइन लगाएर उनले ‘जग्गा धनी प्रमाण पूर्जा’ बाँडे । तर, त्यहाँ बाँडिएको जग्गा थिएन, जग्गा धनी प्रमाण पूर्जा मात्रै थियो जुन पूर्जाले सुकुम्वासीले जग्गा पाउँदैनन् । पूर्जामा छाप जग्गाको कित्ता नम्बर र क्षेत्रफल केही छैन बरु त्यहाँका भूमिहीन सुकुम्बासीको नाम लेखिएको थियो र माओवादीको चुनाव चिन्हको छाप लगाइएको थियो ।

सुकुम्बासीहरुले प्रश्न गरे– यो प्रमाणपत्रले जग्गा पाइन्छ त ? आइन्द्रविक्रमले जवाफ दिए– चुनावमा माओवादीलाई भोट दिएपछि भोट दिएको प्रमाण लिएर आए जग्गा पाइन्छ । यसरी सुकुम्बासी वस्तीमा नक्कली जग्गाधनी पूर्जा वितरण गरिरहेको प्रहरीले थाहा पायो । करिव ५० जनालाई नक्कली धनीपूर्जा वितरण गरिसकेपछि प्रहरी पुग्यो । प्रहरी पुगेपछि माओवादी टोली सुकुम्बासी वस्ती छोडेर भागेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org