रुसी हस्तक्षेपको विषयमा ओबामालाई पहिल्यै जानकारी थियो, केही गर्न सकेनन्ः राष्ट्रपति ट्रम्प
काठमाडौं, ११ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओमाबाले अमेरिकी चुनावमा संभावित रुसी हस्तक्षेपको विषयमा केही नगरेको आरोप लगाएका छन् । गत नोभेम्बरका सम्पन्न राष्ट्रपतीय निर्वाचनभन्दा धेरै अघि नै ओबामालााई रुसी हस्तक्षेपबारे जानकारी रहेको ट्रम्पले जिकिर गरेका छन् ।
अमेरिकी पत्रिका वासिङटन पोस्टले चुनाव हुनुअघि अगष्ट महिनामा नै ओबामालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चुनावी हस्तक्षेपमा सिधै लिप्त हुने जानकारी रहेको लेख प्रकाशित गरेपछि ट्रम्पको यस्तो भनाई आएको हो ।
पुटिन चुनावलाई प्रभावित पार्ने साइबर अभियानसँग जोडिएको र यसबाट हिलारी क्लिन्टनलाई नोक्सान र ट्रम्पलाई जिताउन मद्धत गर्न सकेको उक्त पत्रिकाले उल्लेख गरेको छ ।
ओबामाले गोप्य रुपमा रुसलाई सजाय दिने विभिन्न विकल्प सोचे पनि अन्त्यमा सांकेतिक रुपमा ३५ रुसी कूटनीतिज्ञलाई निष्कासन गरेका थिए । रुसी हस्तक्षेपका विषयमा अमेरिकामा उच्चस्तरीय जाँच चलिरहेको छ । रुसले भने आरोप अस्वीकार गर्दै आएको छ ।
Comments
अरु समाचार
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...
-
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका...
-
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै...