ताजा समाचार

दाजुभाइनै काँग्रेस र एमालेबाट वडाअध्यक्षका उम्मेदवार

ताप्तेजुङ, ११ असार । ताप्लेजुङमा दाजुभाई एउटै पदमा उम्मेदवार बनेका छन् । फुङ्लिङ नगरपालिका वडा नम्बर ३ मा एकै परिवारका दाजुभाइ नै काँग्रेस र एमालेबाट उम्मेदवार बनेका हुन् ।

कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल वडा अध्यक्षका उम्मेदवार बनेका हुन् । रामप्रसाद माइला र युवराज कान्छा हुन् । दाजुभाइनै फरकफरक पार्टीबाट एउटै पदका प्रतिस्पर्धी भएपछि आफन्तलाई भने समस्या परेको छ ।

आफ्ना दुबै छोरा वाडाध्यक्षका लागि फरक फरक पार्टीबाट उम्मेदवार बनेकाले आमा मायादेवीलाई सबैभन्दा धेरै पीडा भएको छ । ‘उठे पनि एउटै पदमा नउठ भन्दा भन्दै मानेनन्’ मायादेवीले भनिन्,’भोट कस्लाई हाल्ने आफन्तले त बरु छान्लान म कसलाई छानुँ र भोट हालुँ ?’

फरकफरक पार्टीबाट एउटै पदमा उम्मेदवारी दर्ता गराएका दुई दाजुभाइले भने एकै घरका दाजुभाइ भएपनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org