जहाँ आफैले मतदान गर्दा बिग्रिने डरले साहुले नै भोट हाल्दिन्छन्
काठमाडौं, १२ असार । बाजुरा स्वामीकार्तिक–३ कडारबाडाका मंगल्या कडाराले अहिलेसम्म आफ्नै हातले मतदान गर्न पाएका छैनन्। यसपटक पनि उनका साहुलाई नै मतदान गर्न दिने योजनामा छन्। भन्छन् –हामी राउँदैनौं, बिग्रिएला, रौतेला उठिबक्सेको छ, भाग्य रौतेलाकन बिन्ती गरुँला – हामी थाहा पाउँदैनौं, बिग्रिएला, बाबुसाहेब उठेका छन्। साहुलाई मत हाल्न अनुरोध गर्छु।’ यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।
सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम, डोटीलगायत जिल्लामा अझै पनि खलो र हलिया प्रथा कायमै छ। आफ्नो जग्गा नभएका कारण यहाँका दलित उपल्ला जातिको खेतमा काम गर्छन्। खेतमा काम गरेवापत पाउने अन्नलाई खलो प्रथाका रुपमा मानिन्छ।
शिक्षाबाट बञ्चित भएका कारण उनीहरुले आफैंले मतदान गर्दा बिग्रने डरले साहुलाई मतदान गर्न दिन्छन्। यस क्षेत्रका दलित मध्ये कडाराले घर चिन्ने, लुहारले फलामको काम गर्ने , दमाईले कपडा सिलाउने, चदाराले काठको काम गर्ने र सहनाईले बाजा बजाउने काम गरेवापत अन्न पाउँछन्।
Comments
अरु समाचार
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...