ताजा समाचार

बाजुराको बडिमालिका नगरपालिका–२ मा एमाले विजयी, कांग्रेस उम्मेदवार ६ भोटले पराजित

बाजुरा, १५ असार । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमाले उम्मेदवार डम्मर महत २ सय ४२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल कार्कीले २ सय ३६ मत ल्याए । महत ६ भोटले विजयी भएका हुन् ।

मेयरमा कांग्रेसका पदम बडुवालले ७ सय ७७ मत ल्याएका छन् भने उपमेयरमा कविता विष्टले ७ सय ७६ मत ल्याएकी छन् । एमालेका मेयरका उम्मेदवार गगन रावलले ५ सय २७ मत ल्याएका छन् भने उपमेयरमा गीता रावलले ५ सय २४ मत ल्याएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org