ताजा समाचार

संखुवासभाको खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी

संखुवासभा, १५ असार । खाँदबारी नगरपालिका वडा नम्बर १० मा नेपाली काँग्रेस विजयी भएको छ । जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिका १० मा काँग्रेस उम्मेदवार केशवजङ थापा ५७५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५२५ मतल्याएका थिए ।

त्यसैगरी माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत पाएका थिए । वडाध्यक्ष बाहेक महिला सदस्य, दलित सदस्य र खुल्ला दुई सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा चन्द्रकला तामाङ ५७३, दलित महिला सदस्य सीता विश्वकर्मा ५७३ खुल्ला सदस्य बलराम राई ५६६ र लीलाबहादुर गुरुङ ५५२ मत ल्याएर विजयी भएका छन् ।

खाँदबारी नगरपालिका वडा नम्बर १० चन्दनपुर मतदान केन्द्रमा जम्मा १९५० मतदाता रहेकोमा जम्मा १३२३ मत खसेको थियो । जिल्लामा ५ नगरपालिका र ५ गाउँपालिका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org