ताजा समाचार

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा माओवादी केन्द्रले खाता खोल्यो

डडेल्धुरा, १५ असार । डडेल्धुरामा माओवादी केन्द्रले खाता खोलेको छ । प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अजयमेर गाउँपालिमा वडा नम्बर ६ मा माओवादी केन्द्र विजयी भएको हो ।

माओवादी केन्द्रका उम्मेदवार दानबहादुर खड्का पुरै प्यानलसहित विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा समेत माओवादी केन्द्रको अग्रता कायम रहेको छ । माओवादी केन्द्रका उम्मेदवार ४ सय मतका साथ अग्रस्थानमा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org