ताजा समाचार

सोसल नेटवर्किंग नयाँ क्रान्ति, फेसबुकका प्रयोगकर्ता दुई अर्ब नाघे

काठमाडौं, १५ असार । विश्वभरका एक चौथाई मानिसले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने गरेका छन् । सोसल नेटवर्किंगको दुनियामा क्रान्ति ल्याउने विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकको प्रयोगकर्ता दुई अर्ब नाघेका हुन् ।

फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेका छन्, आज बिहान फेसबुक समुदायले २ अर्ब प्रयोगकर्ताको संख्या पार गरेको छ । उनका अनुसार फेसबुकले दुनियालाई जोड्ने तथा नजिक ल्याउने काम गरिरहेको छ ।

स्मरण रहोस् फेसबुकपछि सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल साइट यु ट्युब हो । जसका प्रयोगकर्ता डेढ अर्ब छ । त्यस्तै ह्वाट्सएपका प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org