ताजा समाचार

बझाङको मष्टा गाउँपालिका १ र ७ को अध्यक्षमा एमाले विजयी, ५ मा विवाद

बझाङ, १५ असार । बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ र ७ मा एमाले विजयी भएको छ । वडा नम्बर १ मा एमालेका राजेन्द्रबहादुर खड्का विजयी भएका छन् । त्यस्तै वडा नम्बर ७ मा बमबहादुर बोहराको प्यानल नै विजयी भएको छ । वडा नम्बर ५ को मतगणना भने स्थगित भएको छ ।

गणनाका क्रममा मतदान अधिकृतले सही नगरेको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो । मतदान अधिकृतले सही नगरेका १७ वटा मतपत्र फेला परेका छन् । समस्या समाधानका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org