ताजा समाचार

रोल्पाको भनभनेमा एसिड खसाएको मतपेटिकाबाट मतगणना सुरु, जलेका १० मध्ये ९ सदर

रोल्पा, १५ असार । रोल्पामा एसिड खसाएको मतपेटिकाबाटै मतगणना गन्न सुरु गरिएको छ । रोल्पा नगरपालिकामा बसेको सर्वदलीय बैठकपछि एसिडले जलेका मतपेटिकाबाटै मतगणना सुरु गरिएको हो ।

मतदानका बेला रोल्पा नगरपालिका वडा नम्बर १० भनभने ख केन्द्रको मतपेटिकामा मतपत्रसहित एसिड मतपेटिका खसाएपछि चार घण्टा मतदान स्थगित भएको थियो। सोही केन्द्रको मतपेटिका खोलेर मत गणना कार्य सुरु भएको हो।

१० वटा मत जलेका छन् भने जलेका मध्ये मत संकेत बुझिने ९ मत सदर गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त मतपेटिकाको एउटा मात्र मत बदर भएको छ।

एसिड हालिएको मतपेटिकाबाट मतपत्र भूइँमा खन्याउँदा आगोको गन्ध आएको थियो। मत संकेत नबुझिने गरी जलेका मतपत्र गणना नगर्ने सर्वदलीय सहमति भएपछि मतगणना सुरु भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org