ताजा समाचार

प्रमुख पदको अहिलेसम्मको नतिजाः प्रमुख तीन पार्टी एक/एक पदमा विजयी

काठमाडौं, १६ असार । दोस्रो चरणको चुनावको नतिजा धमाधम आउन थालेको छ । अहिलेसम्म तीन वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्र एक/एक वटा गाउँपालिकामा विजयी भएका छन् । बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनको नतिजा अनुसार प्रमुख तीन पार्टीबीच प्रतिस्पर्धा भईरहेको छ ।

पहिलो चरणको चुनावमा काँग्रेस र एमालेबीच प्रतिस्पर्धा भएपनि दोस्रो चरणको चुनावमा माओवादी केन्द्र पनि प्रमुख दावेदार मानिएको छ । अहिलेसम्म नेकपा एमालेले ७२ स्थानमा अग्रता लिएको छ भने नेपाली काँग्रेसले ७० स्थानमा अग्रता लिईरहेको छ । त्यस्तै माओवादी केन्द्र भने २२ स्थानमा अग्रस्थानमा रहेको छ । राप्रपा ३ फोरम र नयाँ शक्ति गठबन्धन ४ फोरम लोकतान्त्रिक ५ र अन्य स्वतन्त्र उम्मेदवारहरु ४ स्थानमा अग्रता लिईरहेका छन् ।

प्रमुख पदमा विजयी

नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका अध्यक्ष – राजेन्द्र धामी

नेकपा एमाले
बझाङको मस्टा गाउँपालिका अध्यक्ष – कर्णबहादुर कठायत

माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

उपप्रमुख पदमा विजयी

नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका उपाध्यक्ष – कल्पना बोहरा नेकपा

एमाले
बझाङको मस्टा गाउँपालिका उपाध्यक्ष – भगवती बोहरा

माओवादी केन्द्र सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष – प्रमिला बस्नेत

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org