ताजा समाचार

बैतडीको पाटन नगरपालिकाको मेयरमा काँग्रेसका पूर्व सहायक मन्त्री चन्द विजयी

बैतडी, १८ असार । बैतडीको पाटन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा पूर्व सहायक मन्त्रीसमेत रहेका केशवबहादुर चन्द विजयी भएका हुन् । उनले ४ हजार ८ सय ३३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेश बिकले ३ हजार ३ सय ८२ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसकै सरस्वती कोली ३ हजार ६ सय ९५ मतसहित विजयी भएकी छन् । एमालेकी दुरा भट्टराईले ३ हजार ४ सय ५६ मत प्राप्त गरिन् । पाटन नगरपालिकाको वडा नम्बर २, ६ र ८ कांग्रेस, १, ३ र ४ माओवादी तथा ७, ९ र १० एमाले विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org