ताजा समाचार

इलामको माइजोगमाई गाउँपालिका प्रमुख उपप्रमुद दुवैमा नेकपा एमाले विजयी

इलाम, १८ असार । इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका उम्मेदवार जितबहादुर राई ५ हजार ६ सय ९६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका सिटी शेर्पाले ३ हजार ९ सय ३६ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकी सवात्रा भट्टराई ५ हजार २ सय ९५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्दि कांग्रेसकी लोकमाया थेवेले ३ हजार ९ सय ४२ मत प्रापत गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org