ताजा समाचार

प्युठानः स्वर्गद्वारी नगरमा एमाले, गौमुखी गाउँपालिकामा कांग्रेस विजयी

प्युठान, १८ असार । प्युठानको स्वर्गद्वारी नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको छ । एमालेका नेत्रबहादुर रोकाय मेयरमा ४ हजार ५ सय ९८ मत र उपमेयरमा गोमा रेग्मी ३ हजार ६ सय ४५ मत ल्याएर विजयी भएका हुन् । माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट मेयरका उम्मेदवार जनमोर्चाका वीरबहादुर पुनले ४ हजार ४ सय ५८ र उपमेयरका उम्मेदवार माओवादी केन्द्रका दुर्गा रेग्मीले ३ हजार ३ सय ७० मत प्राप्त गरे ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार टेकप्रसाद भण्डारीले २ हजार ९ सय ६६ र उपमेयरका उम्मेदवार बाली खड्काले २ हजार ४ सय ६१ मत प्राप्त गरे । त्यस्तै प्युठानको गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका विष्णु कुमार गिरीले ३ हजार ७ सय ४२ मत ल्याएर प्रमुखमा विजयी भएका हुन् ।

उपप्रमुखमा पनि कांग्रेसकै तुलसी सुनार ३ हजार ९० मत ल्याएर विजयी भईन् । प्रमुखका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका विदुर मल्लले २ हजार ५ सय ७४ र उपप्रमुखमा एमालेका ज्ञानुमाया केसीले २ हजार ६ सय २७ मत ल्याए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org