ताजा समाचार

धनकुटाका सबै स्थानीय तहमा नेकपा एमालेद्धारा क्लिन स्वीप

धनकुटा, १८ असार । धनकुटाका सबै स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ । पछिल्लो मत परिणाम अनुसार महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका पर्शुराम नेपाल ४ हजार ८ सय ९७ मत ल्याएर विजयी भएका छन् । उपमेयरमा पनि एमालेकी मन्जु अधिकारी ४ हजार ५ सय ३४ मत ल्याएर विजयी भएकी छन् ।

यो नगरपालिकामा कांग्रेस र राप्रपाले संयुक्त प्यानल बनाएका थिए । मेयरमा कांग्रेसका अग्नि पौडेलले ३ हजार १ सय ५६ र उपमेयरमा राप्रपाका महेन्द्र निरौलाले २ हजार १ सय ५६ मत पाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org