ताजा समाचार

महाकाली नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

कञ्चनपुर, १८ असार । कञ्चनपुर महाकाली नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसका मेयरका उम्मेदवार विरवहादुर विश्वकर्मा ५ हजार १ सय ३४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका किशोर कुमार लिम्बुले ४ हजार ७ सय १६ मत प्राप्त गरे ।

उपमेयरमा भने नेकपा एमालेका चिनी गिरी विजयी भएकी छन् । उनले ५ हजार २ सय ७१ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गंगा देवि जोशीले ४ हजार ३ सय ७१ मत प्राप्त गरिन् ।

उपमेयरमा नेकपा एमालेका चिनी गिरी भारी मत अन्तरमा निर्वाचित भएका हुन् । कुल १९ हजार ८ सय १ मतदाता रहेको महाकाली नगरपालिकामा १३ हजार ९ सय मत खसेका थिए ।  १० वडा रहेको महाकाली नगरपालिकामा वडा नम्बर १, २ ३, ५ र ६ नम्बर वडामा नेपाली काँग्रेसले वडा अध्यक्ष जितेको छ । भने एमालेले ७,८,९ र १० नम्बर वडा अध्यक्ष जितेको छ । वडा नम्बर ४ मा भने नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org