ताजा समाचार

मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरको मतगणना रोकियो, दलद्धारा वहिस्कार

धनगढी, १८ असार । कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ । वडा नम्बर १७ को मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि विवाद भएको थियो । दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएर विवाद सिर्जना गरेपछि मतगणना स्थगित भएको हो ।

कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले हराएको मुचुल्का ल्याउन नसक्ने बताएपछि दलका प्रतिनिधिले बिरोध स्वरुप मतगणना बहिस्कार गर्दै बाहिरिएका थिए ।

यसअघि पनि गणनामा जोडिएको मत परिणाम र कम्प्युटरमा जोडिएको मत परिणाम फरक परेपछि दलहरुले बहिस्कार गर्दा मतगणना रोकिएको थियो । धनगढी उपमहानगरको वडा नम्बर १, २, १९ र १८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ ।

अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार दोस्रो, एमाले र माओवादीका उम्मेदवार क्रमसः तेस्रो र चौथो स्थानमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org