ताजा समाचार

हिन्दुत्वको वकालत गर्ने राप्रपालाई मुस्लिमले शाख जोगायो, झापाको कचनकवलबाट खाता खोल्यो

झापा, १९ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा राप्रपाले खाता खोलेको छ । राप्रपाले मुलुककै होचो स्थानको रुपमा चिनिएको झापाको कचनकवल गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जित निकाल्दै खाता खोलेको हो ।

राप्रपाका अन्जार आलम ५८१६ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशीलाई ३८० मतअन्तरले पछि पार्दै विजयी भएका हुन् ।

उपाध्यक्षमा पनि राप्रपाकै निनसरी राजवंशी विजयी भएकी छिन् । उनले ५७९२ मत ल्याइन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै गीता ओडारी खरेललाई ७०० मतअन्तरले पछि पारेकी थिइन् । अध्यक्षमा निर्वाचित आलम मुस्लिम आयोगका सदस्य थिए । निर्वाचनमा सहभागी हुन उनले त्यहाँबाट राजीनामा दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org