ताजा समाचार

दोस्रो चरणको निर्वाचनमा पनि एमालेको शतक पूरा, राप्रपाले खाता खोल्यो

काठमाडौं, १९ असार । दोस्रो चरणको चुनावमा पनि नेकपा एमालेले शतक पुरा गरेको छ । सोमबार विहान गुल्मीको इस्मा र मदानेको परीणाम एमालेको पक्षमा आएसँगै एमालेले १ सय सिटमा जित दर्ता गराएको हो ।

२३१ स्थानीय तहको मत परीणाम आउँदा एमालेले १०१ मा जित हात पारेको छ । एमालेले प्रदेश नम्बर १ मा ४७ स्थानीय तह जितेको छ । प्रदेश नम्बर ५ मा २५ र ७ मा २९ स्थानीय तह जितेको छ । पहिलो चरणमा एमालेले १२५ स्थानीय तह जितेको थियो ।

कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । काँग्रेसले अहिलेसम्म ८९ स्थानीय तहमा जित हात पारेको छ । सोमबार झापाको कचनाकवलमा जितेसँगै दोस्रो चरणमा राप्रपाले आफ्नो खाता खोलेको छ । पहिलो चरणमा पनि राप्रपाले एक स्थानीय तह जितेको थियो ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिले ६ स्थानीय तह जितेको छ भने फोरम लोकतान्त्रिकले २ र राष्ट्रिय जनमोर्चाले २ स्थानीय तह जितेको छ । अब १०३ स्थानीय तहको मत परिणाम आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org